दफा २३
अन्य निकायहरू
(१) प्रज्ञा प्रतिष्ठानको उद्देश्य पूर्ति गर्न सभाले आवश्यक ठानेमा समय समयमा उपयुक्त निकायको स्थापना गर्न सक्नेछ । यस्ता निकायहरू केन्द्रीय कार्यालय अन्तर्गत रहने छन् ।
(२) उपदफा (१) बमोजिमका निकायहरूको संगठन, काम, कर्तव्य, अधिकार र कार्यविधि तोकिए बमोजिम हुनेछ ।